वाइसियल राक्सिराङकाे अध्यक्षमा थिङ

कुशासन र भष्टाचारको प्रवृत्तिलाई फाल्न जरुरी : इन्चार्ज गाैतम
निरन्तर न्यूज
९ बैशाख २०८२, मंगलवार ११:२५

हेटौंडा । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल राक्सिराङ्ग गाउँ कमिटी, मकवानपुरको दोस्रो गाउँ सम्मेलले पुष्प लाल थिङकाे अध्यक्षतामा ३१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

सोमबार मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं ५ स्थितमा सम्पन्न सम्मेलनबाट अध्यक्ष थिङ्गको नेतृत्वमा नया कार्यसमितिमा उपाध्यक्ष सन्देश थिङ, सुजन स्याङतान, मदन घलान, सचिव माधव कुमार प्रजा,सहसचिव दिपक मोक्तान, समन लान प्रजा, विश्वराज प्रजा, कोषाध्यक्ष राज कुमार मुक्तान सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज  बिजय गौतमले कुशासन र भष्टाचारको  प्रवृत्तिलाई फाल्नको निमित्त हामी अघि बढ्न जरुरी छ । यो मुलुकलाई नया दिशामा जान सुशासन चाहिन्छ, तपाइहरुको खोला नालामा देखिएको भष्टाचार र बेथितिका बिरुद्ध आबाज बुलुन्द गर्दै कुरिती एबम कुसंस्कारको अन्त्य गर्नुपर्ने इन्चार्ज गाैतमले बताए बताए । गाैतमले वाईसियल भन्ने बितिकै सम्वाद मात्र हैन आजको वाईसियल समाज निर्माणको सम्बाहककाे रुपमा समेत देखिन जरुरी रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि  मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानले ‘वाईसिएलले सँधै यहाँको जनताको समस्या र समाधानको मार्गनिर्देशन दिन सक्नुपर्छ, सरकारले गरेको नकारात्मक कुराहरूलाई सकरात्मक ढुङ्गबाट लानको निम्ति पहल गर्न वाईसिएल नेपाल राक्सिराङ्ग गाउँ कमिटीले खबरदारी र सकारात्मक पहल सदै गरिराख्नु पर्ने, शिक्षा स्वास्थ्यमा के भयो यस्ता कुरालाई बुलन्द आवाज उठाउन आवश्यक रहेको छ’ भने ।

नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव बिर बहादुर घलान (ज्वाला) ले अब को वाइसियल राक्सिराङ्ग गाउँ कमिटीले दिगो विकास र रूपान्तरणका सम्भाबना बोकेर अघि बढ्न पर्ने र गाउँ-गाउँमा विकासको निमित्त पहल गर्न आवश्यक रहेको बताए ।

राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्ग पार्टी र वाईसिएलको सम्बन्ध बलियो रहेको र पार्टी बनाउने जिम्मा वाईसिएल नेपाल राक्सिराङ्ग गाउँ कमिटीको पनि रहेको ओँल्याए । कार्यक्रममा वाइसियल जिल्ला सचिव मुक्ति लामाले  यस पालिकामा सम्पुर्ण टोल गाउको भ्रष्टाचार र अनियमिताको पर्दाफास गर्नको निमित्त यो संगठन गठन गरिएको बताए । माओवादी राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष  हस्त बहादुरले जनता को सुख दुखको लागि हरेक समस्यामा वाईसिएल रहने बताए ।

कार्यक्रममा वाईसिएल राक्सिराङ्ग गाउँ समिति अध्यक्ष साजन पाख्रिनले पार्टीलाई काधमा लिएर मिसन ८४ मा लाग्न आज बन्ने नयाँ कमिटी तयारी अव्सथामा रहनु पर्ने बताए। साजन पाख्रिनकाे अध्यक्षतामा भएकाे सम्मेलनमा इन्द्र प्रजाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु