बैशाख १३ मा वाईसियल मकवानपुरले सम्मेलन गर्ने

निरन्तर न्यूज
९ बैशाख २०८२, मंगलवार ११:०५

हेटौंडा । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ  कम्युनिष्ट लिग (वाईसियल) नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन आगामी बैशाख १३ गते हेटौंडामा गर्ने भएकाे छ ।

हेटौंडाको पल्पसा सदनमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय उपाध्यक्ष नन्द किशोर पुन ‘पासाङ’ले गर्ने तय भएकाे वाईसियल नेपाल मकवानपुरका अध्यक्ष लवराज ठकुरीले बताए ।

उद्घाटनका लागि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् वाईसियल नेपालका फ्रयाक्सन ईञ्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ लगायतको आतिथ्यता रहनेछ ।

जिल्ला सम्मेलनको तयारी तिब्र भईरहेको र प्रतिनिधि चयनको क्रममा रहेको वाईसियल मकवानपुर अध्यक्ष ठकुरीले बताए ।
सम्मेलनमा ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने वाईसियल नेपाल मकवानपुरले जनाएको छ ।

सममेलनले आगामी कार्यकालको लागि ११ जना पदाधिकारी सहित ७१ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु