मेलान र उपमहानगरपालिका बीच मैत्रीपूर्ण फुटबल

निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार ०८:०९

हेटौँडा । मेडिकल ल्याबोरेटोरी एशोसिएसन नेपाल (मेलान) को १४ औँ स्थापना दिवसको अवसरमा मेलान मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको बीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मेलान मकवानपुर ३–१ गोल अन्तरले विजयी भएको छ । हेटौंडा उपमहानगरपालिकाको तर्फबाट राजन रायले १ गोल गर्दा मेलानको तर्फबाट प्रशन्न श्रेष्ठले १ र सुवास श्रेष्ठले २ गोल गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु