राप्रपाका महामन्त्री जबरा हाजिर जमानीमा रिहा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा रिहा भएका छन् ।
उनलाई बोलाएको बेला उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको हो । उपचार प्रयोजनको लागि उनलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गरेको अधिकारीले बताए । पत्नीले उनलाई जिम्मा लिएकी छन् ।
तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा उनी चैत १५ मा राति पक्राउ परेका थिए ।