राप्रपा अध्यक्ष लिङ्देनलगायतका नेताहरु रिहा

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पक्राउ परेका सबै सात जनालाई रिहा गरेको छ ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर पुर्याइएका सातै जनालाई छाडिएको हो ।
छुट्नेहरुमा अध्यक्ष लिङ्देनसहित ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् ।
उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।