जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र पक्राउ

निरन्तर न्यूज
७ बैशाख २०८२, आईतवार १९:५६

काठमाडौँ । जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीका प्रहरी प्रमुख एवं एसपी ढकेन्द्र खतिवडाका अनुसार  यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ललितपुरबाट प्राप्त पत्रको आधारमा उनलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु