अफिम र ब्राउनसुगर सहित मकवानपुरका विशाल र चितवनका बाबुराम पक्राउ

निरन्तर न्यूज
७ बैशाख २०८२, आईतवार १९:३६

हेटाैँडा । मकवानपुर प्रहरीले  ५ किलो ९४० ग्राम लागु औषध अफिमसहित  १ जनालाई पक्राउ गरेकाे छ ।

आइतवार  इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले  जिल्लाकाे हेटाैँडा १९ नेवारपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं. को यात्रुबाहक बसका यात्रु राप्ती नगरपालिका ११ चितवनका २५ वर्षीय बाबुराम तामाङलाई पक्राउ गरेकाे हाे ।

सवारी चेकजाँच गर्ने क्रममा शंका लागी खानतलासी गर्दा निज तामाङले तिन वटा पोकामा ५ किलो ९४० ग्राम ला.औ.अफिम झोला भित्र लुकाएर ल्याएकाे अवस्थामा फेला पारेकाे मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । नियन्त्रणमा लिईएका तामाङ उपर थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

यसै गरि प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेकाे छ ।
शनिबार हेटौडा १५ पिपलबोट स्थित पुर्व पश्चिम लोक मार्गमा ना ६३ प ४८७ नं. को मोटरसाइकलमा सवार हेटाैँडा ४ हुप्राचौरका १९ वर्षीय बिशाल सार्कीलाई ३ ग्राम लागु औषध खैरो हेरोईन सहित पक्राउ गरेकाे प्रवक्ता अर्यालले जानकारी दिए ।

निज बिशालले मोटरसाइकलकाे अगाडीको चक्कामा कभर राखी उक्त कभर भित्र प्लाष्टिकमा लुकाएर ल्याएकाे अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उक्त लागूऔषध र मोटरसाइकल समेत समेत बरामद गरी थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु