३ नम्बर प्रदेश समन्वय परिषद्को बैठक सर्याे

निरन्तर न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार १९:२१

हेटौंडा । ३ नम्बर प्रदेश सरकारले हेटौंडामा गर्न लागेको प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक पाँच दिन पछि सारिएको हो ।

प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकालका अनुसार प्राबिधिक कारणले बैठक पाँच दिन पछी सञ्चालन गरिने जानकारी दिए ।

पौडेलको मुटुको एन्जियोप्लास्ट गरिएको र आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । पौडेलको अध्यक्षता बैठक बस्ने भएकाले बैठक सरेको जनाईएको छ ।

सरकारले जेठ २४ र २५ गते हेटौंडामा बैठक सञ्चालन गर्ने जानकारी दिएको थियो । बैठक जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकोे कार्यालयले जनाएको छ ।

बैठकका लागि सबै तयारी पूरा भएको पनि प्रमुख सचिब ढकालले जानकारी दिए । समन्वय परिषद बैठककमा प्रदेशका १३ वटा जिल्लाका जिल्ला समन्वय समिति तथा स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु