मकवानपुरमा ईभी भ्यान दुर्घटना हुँदा २ को मृत्यु, १४ जना घाइते

निरन्तर न्यूज
५ बैशाख २०८२, शुक्रबार ०८:२४

हेटौंडा ।  मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

आज शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथमा अन्तर्गत मकवानपुरगढी-२ धरमपानीमा काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बर इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने १३ बर्षीया मानुसी मगरको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको र मगरको शव दुर्घटनास्थलमा तल फेला परेको जनाइएको छ। अन्य घाइतेको सहकारी अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घाइते हुनेहरूमा गाडी चालक सर्लाही बागमती गा.पा.५ बस्ने बर्ष अं.२९ को कमल बहादुर दर्लामी, रौतहट दुर्गा भवानिपुर गा.पा. ५ बस्ने अं. बर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा न.पा. ८ बस्ने बर्ष ५२ को शिवशंकर राय, सर्लाही बस्ने रायको श्रीमती अं. बर्ष ४५ की रिकिदेवी राय,सर्लाही बरहथवा न.पा. ९ बस्ने अं. बर्ष २७ को मनोज राय, सर्लाही हरिहरपुर न.पा.१ बस्ने बर्ष अं.२७ को नवराज मगर, सोही ठाउँमा बस्ने बर्ष अं.१६ की प्रियंका मगर, बर्ष अं.१५ को सृजन मगर, बर्ष अं.४० की जमुना मगर, बर्ष अं.१९ को सुदिप रिसाल, सर्लाही विष्णुपुर गा.पा.३ मधुवनगोठ बस्ने बर्ष अं.२७ को देवराज कुमार साह, बर्ष अं.४२ की किसुनव्रर्ती साह, सर्लाही बागमती गा.पा.०७ बस्ने वर्ष अं. १६ कि युनिका दर्लामी मगर, महोत्तरी गौशाला गा.पा.०५ बस्ने वर्ष अं. १६ को आदित्य छोरचंगी मगर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु