हेटौंडामा कफी बनाउने तालिम प्रदान

निरन्तर न्यूज
४ बैशाख २०८२, बिहीबार ११:४५

हेटौंडा । बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन बागमती प्रदेशको राजधानी हेटौंडामा वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडाको आयोजनामा २० जनालाई ३ सय ९० घण्टे नि:शुल्क तालिम दिन लागिएको हो ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडाकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको सभाध्यक्षतामा भएको नि:शुल्क तालिमको उद्घाटन हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष घिमिरेले तालिममा सहभागीहरुलाई सीप सिकेर प्रमाणपत्रमा मात्र सिमित नराखी आत्मनिर्भर बन्न समेत आग्रह गरे ।

मकवानपुर होटल एसोसिएसनका महासचिव हरिगोपाल सापकोटाले यस तालिमबाट सीप सिकेर निस्किने युवायुवतीहरुलाई एसोसिएसनले रोजगारीको अवसर प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी जिल्ला लघुउद्यमी समूह संघ (डिमेगा) मकवानपुरकि सचिव मेनका श्रेष्ठले महिला दिदीबहिनीहरुले घरको चारकोठाबाट बाहिर निक्लेर सीप सिकेर स्वरोजगार बन्न सहभागीहरुलाई जोड दिइन् ।

वारिष्टा (कफी बनाउने) तालिमको प्रशिक्षकहरुमा रमन कुमार यादव र ममता तामाङ रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु