दुबईबाट आएका युवकलाई दुर्व्यवहार गर्ने प्रहरीहरुमाथि कारवाही

काठमाडौं । त्रिभुवन विमानस्थलमा एक युवामाथि दुव्र्यवहार गर्ने तीनजना प्रहरी कारबाहीमा परेका छन्।
दुबईबाट फर्किएका एक युवकलाई दुव्र्यवहार गरेको आरोपमा विमानस्थलबाट ३ जना प्रहरीलाई हटाइएको हो ।
उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।
दूबईबाट ३१ चैतमा काठमाडौँ आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुव्र्यवहारमा परेका थिए।
उनीमाथि प्रहरीले गरेको दुव्र्यवहारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। १० दिनको बिदामा काठमाडौँ आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौच गरेका ओझाले बताएका छन्।
ओझाका अनुसार ती व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए। तर, प्रहरीले उनैमाथि थप दुव्र्यवहार गरेका थिए।