गैँडाकोटबाट माओवादीको जागरण अभियान फेरि सुरु, पासाङ पनि सामेल

निरन्तर न्यूज
३ बैशाख २०८२, बुधबार १६:२५

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केही समय स्थगन गरेको पूर्व–पश्चिम हुलाकी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादीः तराई मधेस जागरण अभियान’ फेरि सुरु गरेको छ।

नयाँ वर्ष २०८२ सालको पहिलो दिन वैशाख १ गतेदेखि नवलपुरको गैैेँडाकोटबाट अभियान पुनः सुभारम्भ भएको माओवादी केन्द्रले जनाएको छ।

नयाँ वर्ष २०८२ सालको पहिलो दिनदेखि अभियान फेरि सुभारम्भ गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । अभियान लागि पुगेका प्रचण्डसहितका नेताहरुलाई गैडाकोट नेता कार्यकर्ताले स्वागत गरे । अभियानमा पूर्वउपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन पासाङ पनि जोडिएका छन् । यसअघि पार्टीको बैठकहरुमा सक्रिय भएपछि कुनै जिम्मेवारी नतोकिएको कारणले पुन अभियानमा हिँडेका थिएनन् ।

गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेपछि पुन पार्टी अभियानमा अध्यक्ष प्रचण्डसँगै हिँड्न थालेका हुन् ।

प्रचण्डलगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहनेछन् । माओवादीको यो अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको थियो । निरन्तर गर्ने तयारी गरेपछि माओवादी अहिले केही समय रोक्दै फेरि सुरु गर्दै आइरहेको छ ।

अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ । अभियान प्रभावकारी भएको र जनतासँग पार्टीलाई जोड्न सफल भएको माओवादीको नेताहरुको दाबी छ । यो अभियानमा पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरुलाई अनिवार्य सहभागी हुँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु