पेट्रोलियम पदार्थको मूल्य घट्यो

निरन्तर न्यूज
३ बैशाख २०८२, बुधबार ०७:२४

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो ।

(मंगलबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु