मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–५ बसन्तपुर स्थित राप्तीखोलाको किनारमा आफन्तको घर डिल्लीपुरबाट आफ्नो घर दरदरा तर्फ आउने क्रममा चट्याङ लागी एक जनाको मृत्यु भएको छ भने अर्का दुइ जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा दरदरा बस्ने २८ वर्षिय अबिरल थिङ रहेका छन् । यस्तै ५६ वर्षिय सिंह बहादुर थिङ मृतकको बुबा र मनहरी डिल्लीपुर बस्ने १० वर्षिय सौगात गोले घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।