मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

हेटौंडा । शुक्रबार मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढी गाउँपालिका-५ सिमलटार बस्ने ५५ वर्षीय भुमिनन्द तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। शुक्रबार विहान अन्दाजी ८:४० बजेको समयमा तिमल्सिना आफ्नै घरमा कोठा सफा गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका थिए ।
घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा विहान डाक्टरले मृत घोषणा गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।