किसानहरूलाई ८ सय ८० बोरा मल बितरण

हेटौंडा । पटक पटक मकवानपुरे किसानकाे गुनासाे र सन्चारमाध्यममा समाचार प्रकाशित भएपछि मल काे सम्वन्धमा हेटौंडा उपमहानगरपालिकाले चासाे लिएर हेटौंडाका अधिकांश वडाका किसानहरूलाई मल बितरण गरिएको छ ।
आज ८ सय ८० बोरा मल हेटौंडाका १५ वटा सहकारी संस्था मार्फत बितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । किशानले मलकाे अभावले उत्पादनमा समस्या भाेग्दै आएकाे बताएपछि आज हेटौंडाका बिभीन्न वडामा मल बितरण गरिएको मेयर महतले बताए ।
हेटौंडामा लाइनमा समेत बस्नुपर्ने बाध्यता भएपछी आफ्नो पहलमा हेटौंडाको कृषि सामाग्रि संस्थानबाट युरिया मल बितरण गरिएको मेयर महतले बताउनुभयो ।
दुईदिन देखि उपमहानगरपालिकाका कर्मचारीले मलको कृतिम अभाब सृजना गरिएका स्थानको खोजी गरेका थिए । पसलमा मल नदेखाउने र गोदाममा मल लुकाएर राख्ने समस्या भएपछी किशानहरु मल नपाएर त्यसै घर फर्कन बाध्य भएका थिए ।