हेटौंडामा स्कुटरले ठक्कर दिँदा वृद्धको ज्यान गयो

निरन्तर न्यूज
२८ चैत्र २०८१, शुक्रबार ०८:१६

हेटौंडा। हेटौडामा स्कुटरले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ।

हेटौडा उपमहानगरपालिका १६ गुरुधामचोक स्थित धरानचतरा सडकखण्डमा ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको बा.प्र.०३-०४ प ९५२६ न.को स्कुटरले पैदल यात्रिलाई ठक्कर दिई घाईते भएका पैदल यात्रीको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक दुर्घटनामा परि घाइते भएका अनिरुद्र बस्ताकोटीलाई प्रारम्भिक उपचारको लागी चुरेहिल अस्पताल लागिएको र चुरेहिल अस्पताल बाट थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर भएको थियो ।

हिजो दिउसो भएको सडक दुर्घटनामा घाइते बस्ताकोटीको राति ११ बजेर ३० मिनेट जाँदा चितवन मेडिकल कलेजले मृतक घोसणा गरेको थियो ।

प्रहरीले बा.प्र.०३-०४ प ९५२६ न.को स्कुटरलाई नियन्त्रणमा लिएको छ भने स्कुटर चालक हेटौंडा उपमहानगरपालिका १७ ठुलोगँगटे वस्ने बर्ष अन्दाजी २७ को सन्दिप थापा समेत घाइते अवस्थामा रहेका कारण हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु