ढडेलोको कारण वायु प्रदूषण बढेकाे हेटाैँडामा पानी पर्दा राहत

हेटौँडा । अहिले मकवानपुर जिल्लाका १० वटै पालिकाको २ हजार भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको छ ।
वनमा लागेको डढेलो र औद्योगिक क्षेत्रमा रहेका बिभिन्न प्रकारका उद्योगबाट निस्कने धुवाँको कारण हेटौँडा नगर र आसपासका क्षेत्रमा वायु प्रदुषण बढेको छ । सामान्यतया वन डढेलोबाट निस्कने धुवाँ, औद्येगिक क्षेत्रबाट निस्कने धुवाँ, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, दाउरा बालेर खाना बनाउँने क्रममा निस्कने तत्वहरुले वायु प्रदुषण गर्दछन् ।
अहिले वायुको प्रदूषक तत्त्वको पहिचान गर्न सक्ने (हावामा हुने कण) पार्टिक्युलेट म्याटर हेरेर वायुको प्रदुषणलाई बुझ्ने गरिन्छ ।
‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौं उपत्यका वायु प्रदूषणमा पछिल्लो दिन यता दिल्लीलाई समेत उछिन्दै १८६ एक्यूआई सहित विश्वकै शीर्ष स्थानमै रहेको देखिन्छ ।
यससँगै काठमाण्डौँको सिमाना जोडिएको बागमती प्रदेशको राजधानी हेटौँडाको बुधवारकाे ‘एयर क्वालिटी इन्डेक्स’ ११९ रहेको र साँझ हुँदै जाँदा तल्लो वायुमण्डलमा धुलोका कणले कडा तुवाँलो बनेर ‘एयर क्वालिटी इन्डेक्स’ को अंक बढिरहेको छ । केही दिन अघि हेटौँडामा वायुको गुणस्तर १५७ एक्युआई सम्म मापन भएको थियो ।
त्यस्तै प्रदेशको राजधानी हेटौँडाको मुख्य बजारबाट अत्यधिक प्रदूषित देखाएको छ । यहाँ । वायुको गुणस्तर एक सय एक्युआईभन्दा माथि गएमा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वन तथा वातारण मन्त्रालयको वातावरण विभागले चैत्र २० गते जारी गरेको अपिल अनुसार हेटौँडा शहर यतिबेला वायु प्रदुषणको हिसाबले सम्वेदनशील समूहका लागि अस्वस्थ रहेको छ । विभागले एक्युआई वायु सुचकांक अनुसार ० देखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा सम्वेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ ।
विभागले वायु प्रदुषण तथा न्यूनिकरण गर्न वन डढलो लगाउने कार्य सार्वजनिक अपराध भएको हुँदा यस कार्य नगर्न भनेको छ । यस सँगै घरायसी ठोस फोहोर तथा प्लाष्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन, उद्योग कलकारखाना तथा भान्छाहरुमा स्वच्छ उर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरुबाट उड्ने धुवाँधुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाकि वातावरण इन्जिनियर चन्दा खड्काका अनुसार हेटौँडा नगरको अहिलेको वातावरण प्रदुषको अवस्था बच्चाहरु र बृद्धबद्धाका लागि अवस्थ्य रहेको बताउँछिन् । खड्काका अनुसार यसलाई बैज्ञानिक रुपमा बुझ्दा पार्टीकुलेट म्याटर ९हावामा हुने कण० बढ्दै जाँदा स्वासनलीहुँदै फोक्सोमा असर पार्दछ ।
हेटौँडाका स्थानीय ४० वर्षीय रोशन कँडेलका अनुसार केही दिनयता मास्क नलगाई बजारमा हिड्दा आँखा पोल्ने नाक सुख्खा हुने खोकीलागेर छाती दुख्ने समस्या भएको बताउँछन् । यस्तै आकाश धुम्म भएर हावामा सासलिन पनि असहज भएको बताउँछन् ६३ वर्षीष बासु पुडासैनी ।
हेटौँडा अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर कमल दवाडीका अनुसार केही दिनयता अस्पतालमा फोक्सो र दमका बिरामी आउने क्रम बढेको बताउँछन् ।
डढेलो लागेको स्थान नजिकै आफ्नो घर बताउँने बिरामीहरु समेत उपचारका लागि आएको डाक्टर दवाडी बताउँछन् । डाक्टर दवाडीका अनुसार वायु प्रदुषणका कारण बालबच्चा बृद्धबृद्धाको फोक्सोमा दिर्घकालिनरुपमा असर पर्दछ र अन्यको हकमा धुलो धुवाँले छोटोसमयको लागि स्वासप्रश्वासमा समस्या हुन्छ ।
बुधवार उत्तरी मकवानपुरको थाहानगरका केही स्थानमा हल्का वर्षाभएको छ । विहिवार जिल्लाका अधिकांश स्थानमा हल्का वर्षाभएसँगै आकाश खुलेको देखिन्थ्यो । केहिदिन यता हेटौँडा उपमहानगरपालिका भित्रका ६ सय १४ हेक्टर वनमा डढेलो लागेको थियो । यो प्रदूषित वायु हल्कादेखि मध्यम वर्षा नभएसम्मका लागि कायम रहने बिज्ञहरु बताउँछन् ।