तीनकुने घट्नाः शिवसेना नेपाल मजदुर विभागका प्रमुख पक्राउ

निरन्तर न्यूज
२७ चैत्र २०८१, बिहीबार २१:२७

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा भीडलाई उत्तेजित बनाएको आरोपमा प्रहरीले शिवसेना नेपालको मजदुर विभागका प्रमुख मनोज सापकोटालाई पक्राउ गरेको छ । ४६ वर्षीय सापकोटामाथि शंख फुक्दै भीडलाई उत्तेजित पारेको आरोप छ ।

सिरहाको मिर्चैया नगरपालिका–६ घर भएका उनी भक्तपुर लोकन्थलीमा बस्दै आएका थिए । पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

१५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आगजनी र तोडफोड भएको थियो भने दुई जनाको मृत्यु समेत भएको थियो ।

यो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव धवल शमशेर राणा लगायत ७५ जना भन्दा बढी पक्राउ परेका छन् । आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु