बकैया बस दुर्घटनामा बाँचेका बिमल मृत भेटिए

हेटाैँडा । बुधबार राती धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया ३ चिसापानीमा बागमती प्रदेश ०६-००१ ख ०२७० नम्बरको बस ओरालोमा चिप्लिएर दुर्घटना भएकाे थियाे ।
बसमा सवार ३१ जनामध्ये २३ जना घाइते भएका थिए। तिनै घाइतेमध्येका एक भीमफेदी गाउँपालिकाको पशु विकास शाखाका प्राविधिक विमल ढुंगानाकाे बिहिबार विहान मृत भेटिए ।
भिमफेदी गाउँपालिकाकाे कृषी तथा पशु शाखाले अगुवा कृषक अवलोकन भ्रमण सकाएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर बाँचर्कै उनै बिमल हेटाैँडा ११ नवलपुरमा रहेकाे उदय प्रुसाद हटुवालकाे घरमा बिहिबार बिहान मृत भेटिए ।
भिमफेदी गाउँपालिका ९ का सदस्य समेत रहेका हटुवालसँग हेटाैँडा २ मानस चाेकमा रहेकाे एक हाेटलमा बस्ने कुराकानी भएता पछिअन्तत बिमलले नै हटुवालकाे जान अनुराेध गरेकाे र दुर्घटनाका बिरामी समेत भएकाले बिहानकाे करिब ३ बजे हटुवाल घरमै लिएर गए । बिहान चिया खान बाेलाउँदा नबाेले पछि झ्यालबाट हेर्दा हटुवालले सिलिङ पङ्खामा झुण्डिएकाे अवस्थामा देखे ।
टाेलमा केहीबेर हाे-हल्ला भएपछि प्रहरी घटनास्थलमा पुग्याे । उनी सुतेको कोठाको ढोका फुटाएर हेर्दा घाँटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा देखिएकाे र उनी सुतेको कोठामा टाई र खादा लगायतका सामग्री निकालेर डोरी बनाएर झुण्डिएको देखिने हटुवालकाे बुझाइ छ ।
करिब ३ महिनादेखि हेटौंडा-१८, हर्नामाडी घर गएका बिमल बुधबार पल्टिएकाे बसका मालिक भएकाे र बसका घाइतेहरुकाे उपचार तथा अन्य झमेलाले उनलाई पिराेलेकाे हटूवालकाे बुझाइ छ । मनमा अनेक कुरा खेलाइरहेकाे कारण हाे या बस दुर्घटनामा परेर आफु पनि घाइते भएकाेले हाे उनी त्यती फ्रेस थिएनन् ।
त्यत्राे ठूलाे दुर्घटनाबाट बाँचेका बिमलले किन आत्महत्या गरे होलान् भन्ने कुरा पत्याउन मलाई गाह्राे भएकाे हटुवालले बताए ।
हेटाैँडा अस्पतालमा पाेष्टमार्टम पश्चात त्रिवेणीधाममा बिमलकाे अन्येष्टि गरिएकाे हटुवालले जानकारी दिए ।
यही चैत २२ गते शुक्रबार धरान, धनकुटा, कन्याम लगायतका स्थानहरूको अवलोकनका लागि निस्किएको गाउँपालिकाको टोली भ्रमण गरेर बुधबार फर्किदै थियाे ।