मुख्यमन्त्री अस्पतालमा भएकै बेला मुख्य न्यायाधीवक्ताको राजीनामा किन ?

हेटौंडा । प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले मुख्यमन्त्री कार्यालयमा प्रदेशका प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले जानकारी दिएका छन् । आफैले स्वतस्फुर्त रुपमा राजिनामा दिएको न्यौपानेले बताए । आफु स्वतन्त्र भएर काम गर्न चाहने र मुख्यन्यायधिबक्ता भएपछी बाँधिएर काम गर्नुपर्ने भएकाले पदबाट राजिनामा दिएको उनकाे भनाई छ ।
मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भइ उपचार गराइरहेका बेला बेला उहाँले राजीनामा दिनुभएको हो । मुख्य न्यायाधीवक्ताको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताए ।
रेडक्रसको चुनावमा पार्टीले गरेको ह्विप नमानी मकवानपुरका भोला रुपाखेतीलाई उम्मेद्वार बनाएपछि मुख्यमन्त्री पौडेललाई नै न्यौपाने हटाउन नेकपाका नेताहरुको दबाब थियो । न्यायाधीवक्ता कार्यालयलाई प्राप्त १ करोड २० लाख रुपैयाँमा कर्मचारीलाई २० लाख तलब भत्तापछि बाँकी पैसाले न्यौपाने सुविधायुक्त गाडी किन्न चाहन्थे तर विवाद हुन्छ भनेर मुख्यमन्त्री कार्यालयले स्वीकृति दिएको थिएन । पछिल्लो समय न्यौपाने र मुख्यमन्त्री पौडेलबीच दूरी बढेको थियो ।