बारमा मिश्र नेतृत्वको गठबन्धनको प्यानलै निर्वाचित, कसले कति मत ल्याए ?

निरन्तर न्यूज
२७ चैत्र २०८१, बिहीबार १४:३३

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।

बिहीबार सार्वजनिक मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रमनकुमार श्रेष्ठले दुई हजार छ सय २१ मत ल्याएका छन्।

नेपाल बार एशोसिएसनमा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायी संगठन तथा नेकपा (माओवादी केन्द्र) र रास्वपानिकट कानुन व्यवसायी संगठनबीच गठबन्धन थियो।

कांग्रेस–एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो। महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्। उनले ४८७४ मत ल्याए। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले २३६७ र हरिशरण कार्कीले २४० मत ल्याएका छन्।

बारमा माओवादी–रास्वपाले गठबन्धन गरेका थिए । कांग्रेसनिकट कानुन व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमालेनिकट कानुन व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु