भागेकाे हाेइन जाेगिएकाे हुँ : दुर्गा प्रसाईँ

काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार अवस्थामा रहेका राजावादी अभियन्ता दुर्गा प्रसाईंले सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घण्टाभित्रै सार्वजनिक हुने घोषणा गरेका छन् ।
भागेका दुर्गा प्रसाईले फेरि अर्को भिडियो वक्तव्य जारी गर्दै आफु नभागेको तर, ‘जोगिएको’ बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत ८ मिनेट भन्दा लामो भिडियो सन्देश पोष्ट गर्दै उनले आफ्नाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले षडयन्त्र गरेकोले आफू जोगिएर बसेको तर नेपालमै रहेको दाबी गरेका छन् । उनले मानवअधिकारवादी र कानून व्यवसायीको रोहबारमा सार्वजनिक हुन तयार रहेको सन्देश दिएका छन् ।
उनले भनेका छन्, ‘म भाग्न जन्मेको होइन्, नेपालमै कतै छु ।’ प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।