दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । नेपाल पत्रकार महासङ्घले दिवङ्गत स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ ।
महासङ्घको अगुवाइमा पत्रकारहरुले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी यही चैत १५ गते दिवङ्गत हुनुभएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । पूर्वराजाका समर्थकहरुले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो ।
त्यसैगरी महासङ्घका उपाध्यक्ष उमिदप्रसाद बागचन्दको प्रतिनिधिमण्डलले दिवङ्गत पत्रकार रजकको १३औँ पुण्यतिथिमा आज परिवारलाई भेटगरी समवेदन पनि व्यक्त गरेको छ ।
महासंघ मकवानपुरले पनि हेटाैँडाकाे बुद्धचाेकमा दप प्रज्वलन गरेर पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।