भीमफेदीको भ्रमण टोली चढेको बस दुर्घटनाका घाइतेहरु (अपडेट)

हेटौंडा। बुधबार राती मकवानपुरको बकैयामा भएको बस दु र्घटनामा ३० जना घाइते भएका छन्घा ।
धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया ३ चिसापानीमा कृषी तथा पशु शाखा भिमफेदीले अगुवा कृषक भ्रमणको रिजर्भ बस दुर्घटना हुँदा वसमा सवार ३१ जना मध्ये ३० जनाकाे पछिल्लाे स्वास्थ अवस्थाका बारेमा मकवानपुर प्रहरीले वसवरण तयार पारेकाे छ ।
सिन्धुलीबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको थियो। घाइते मध्ये ५ जना गम्भिर घाइतेहरुलाई भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिएको, ११ जनाको हेटौंडामा रहेको मकवानपुर सहकारी अस्पताल र ६ जनाको हेटौंडा अस्पतालमा उपचार भएको र केही डिस्चार्ज भएकाे मकनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।
सहचालक प्रहरी नियन्त्रणमा छन् भने चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।
समाचार तयार पार्दा प्रहरीका अनुसार घाइतेकाे विवरण :
१, जि.मकवानपुर भिमफेदी गा.पा. ३ बुल्मिङ बस्ने बर्ष अं. ४६ को श्रीराम बज्यु बाँया हात, शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर हेटौडा अस्पतालमा उपचार भई रहेकोमा ऐ.२३:१५ बजे भरतपुर चितवन रिफर भएकोमा पुरानो मेडिकल कलेज भरतपुरमा पुगी उपचार भई रहेको ।
२, ऐ. भिमफेदी गा.पा.५ ज्यामिरे बस्ने बर्ष अं.५५ की रिता कुमारी मगर टाउको, बाँया हात, शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर हेटौडा अस्पतालमा उपचार भई रहेकोमा ऐ.२३:१५ बजे नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर ।
३, जि.चितवन राप्ति न.पा. ०२ गडौली बस्ने वर्ष अं.२९ को पशुको डा. सरोज ओझा बायाँ आखामा चोट अवस्था मध्यम चितवन तर्फ उपचार गराउछु भनी डिष्चार्ज लिई गएको ।
४, ऐ.ऐ. बस्ने सरोज ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी बाँया हातमा भित्री चोट अवस्था मध्यम चितवन तर्फ उपचार गराउछु भनी डिष्चार्ज लिई गएको ।
५, जि.मकवानपुर भिमफेदी गा.पा. ०२ निगाले बस्ने वर्ष अं. ४५ को दिलिप राज बुलन बाँया हात र पेटमा भित्री चोट अवस्था सामान्य डिष्चार्ज ।
६, ऐ.भिमफेदी गा.पा. ५ सुपिङ बस्ने वर्ष अं. ५१ को यदुनाथ पुडासैनी बाँया हातमा भित्री चोट अवस्था सामान्य डिष्चार्ज ।
७, ऐ.मकवानपुरगढि गा.पा. ३ मक्रान्चुली बस्ने वर्ष अं. ४२ को नारायण प्रसाद शर्मा बाँया आँखाको डिलमा बाहिरी, बाँया हातमा भित्री दुखाई अवस्था सामान्य डिष्चार्ज ।
८, ऐ. हेटौडा उ.म.न.पा. ११ थानाभर्याषङ बस्ने वर्ष अं. २९ को उज्वल राना मगर शरिरको बाँया साईडमा भित्री चोट अवस्था मध्यम फलोअपमा आउने गरी डिष्चार्ज ।
मकवानपुर सहकारी अस्पतालमा आएका घाइतेहरुको विवरण :
१, जि.मकवानपुर भीमफेदी गा.पा.६ टारगाँउ बस्ने वर्ष अं. ४५ की सुमित्रा लामा (भिमफेदी गाउँपालिकको कार्यपालिक सदस्य) शरीरको विभीन्न भागमा चोट अवस्था गम्भिर ऐ.२३:१५ बजे नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर सोही अस्पतालमा उपचार हुदै ।
२, ऐ.ऐ.६ बस्ने अं. वर्ष ५५ की श्री सानी आले टाउकोमा भित्री चोट, दुबै हात र खुट्टामा चोट अवस्था गम्भिर ऐ.२३:०० बजे नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर सोही अस्पतालमा उपचार हुदै ।
३, ऐ.ऐ.९ भदौरे बस्ने वर्ष अं. ३२ को सुदिप पराजुली दाहिने हात र टाउकोमा भित्री दुखाई अवस्थामा सामान्य उपचार हुदै।
४, ऐ.ऐ.२ चौकीडाँडा बस्ने वर्ष अं. २७ को सुयास पाख्रिन बाँया कुम र टाउकोमा सामान्य चोट ,उपचार हुदै
५, ऐ.ऐ.९ झिरघारी बस्ने बर्ष अं.२७ को शुभाष रुम्बा बाँया कुममा गहिरो चोट अवस्था मध्यम उपचार हुदै
६, ऐ.ऐ. झिरघारी बस्ने वर्ष अं. ५२ को हित चन्द्र मोत्तान बाँया हातमा चोट अवस्था सामान्य उपचार हुदै
७, ऐ.ऐ. २ को वडा अध्यक्ष वर्ष अं. ४९ को कासीराम बज्यु टाउको र बाँया हातमा चोट अवस्था मध्यम उपचार हुदै
८, ऐ.ऐ.५ अकोटे बस्ने वर्ष अं.२५ को अनिल स्याङबो टाउको र बाँया हातमा चोट अवस्था गम्भिर ऐ.२३:५५ बजेको समयमा नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर सोही अस्पतालमा उपचार हुदै ।
प्राथमिक स्वास्थ्य केन्द्र बकैया क्लिनिकमा उपचार भैरहेको सबै घाईतेको अवस्था सामान्य रहेको मिति २०८१।१२।२८ गते १२:३० बजे थप उपचारको लागी हेटौडा अस्पतालमा आएको
१, जि.मकवानपुर हेटौडा उ.म.न.पा.१८ बस्ने बर्ष अं.२५ को रुबिन घर्ति डिष्चार्ज
२, ऐ.ऐ.भिमफेदी गा.पा. ३ बस्ने बर्ष अं. ५३ को बुद्विसिंह दोङ ०२:१० बजे मकवानपुर सहकारी अस्पताल रिफर भएकोमा सोही अस्पतालमा उपचार हुदै ।
३, भिमफेदी गा.पा. ८ बस्ने बर्ष अं. ३९ की सिता थिङ डिष्चार्ज ।
४, ऐ.भिमफेदी गा.पा. ८ बस्ने बर्ष अं. ३५ कि सुर्य माया घलान डिष्चार्ज ।
५, ऐ.भिमफदी गा.पा. १ बस्ने बर्ष अं. ५० को करणध्वज पाख्रिन डिर्चार्ज ।
६,ऐ. हेटौडा उ.म.ण.पा. १८ हर्नामाडी बस्ने बर्ष अं. २९ को बिमल ढुङगाना डिष्चार्ज ।
७, ऐ.भिमफेदी गा.पा.४ चिउरीबगैचा बस्ने बर्ष अं. ४० को कृष्णहरी गाहा मगर डिष्चार्ज ।
८, ऐ.भिमफेदि गा.पा. ०७ मान्डु बस्ने वर्ष अं. ३८ को सुजन प्रजा डिष्चार्ज ।
९, ऐ.भिमफेदी गा.पा. ०८ गँगटे बस्ने वर्ष अं. ४३ को मान बहादुर लामा डिष्चार्ज ।
१०.ऐ.भिमफेदी गा.पा.०१ सानुटार बस्ने वर्ष अं. ४२ को राजेन्द्र कुमार स्याङतान चितवन तर्फ उपचार गराउछू भनी रेफर लिई गएको ।
११. ऐ.भिमफेदि गाँउपालिकाको कृषि प्राविधिक वर्ष अं. २९ को सानु कान्छा घिसिङ डिष्चार्ज . ।
१२ ऐ.भिमफेदि गाँउपालिकाको पशु प्राविधिक वर्ष अं. ३१ को पुष्पलाल बज्यु डिष्चार्ज ।
१३.ऐ.भिमफेदी गा.पा. ०३ बस्ने वर्ष अं. ४८ को अर्जुन तामाङ चितवन तर्फ उपचार गराउछू भनी रेफर लिई गएको ।
१४, सहचालक जिल्ला उदयपुर रौतामाई गा.पा.०५ बस्ने वर्ष अं. ३२ को सतिह दाहाल पिँठिउमा चोट अवस्था सामान्य हेटौडा अस्पतालमा उपचार पश्चात जि.प्र.का. मकवानपुरको नियन्त्रणमा रहेको ।
१५ चालक हाल सम्म फरार रहेको र खोजी भईरहेको ।