हेटौंडा उपहानगरपालिकाको कक्षा ८ को परीक्षाफल प्रकाशित

निरन्तर न्यूज
२७ चैत्र २०८१, बिहीबार ०७:३३

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आधारभुत तह (कक्षा ८) को नतिजा प्रकाशन गरेको छ।

चैत ७ गते देखि १५ गते सम्म संचालित २०८१ सालको आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले आज बुधबार नतिजा प्रकाशन गरेको हो ।

जसमा परिक्षामा ४ हजार २९ जना उत्तीर्ण भएका छन। ५ सय २३ जनाले ए प्लस प्राप्त गरेका छन भने १ हजार ११ जनाले ए प्राप्त गरेका छन ।त्यसैगरी बी प्लस प्राप्त गर्ने १ हजार ९८ जना रहेको र बी प्राप्त गर्ने ७ सय १६ जना रहेको जनाईएको छ । त्यसैगरी १ सय ४४ जनाले र ० देखि १.६ जिपिए ५३७जनाले प्राप्त गरे जनाइएको छ ।

आई ई एम आई एस लगइन गरी आफ्नो विद्यालयको नतिजा लेजर डाउनलोड गर्न पालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु