भीमफेदीको भ्रमण टोली चढेको बस दुर्घटना

निरन्तर न्यूज
२७ चैत्र २०८१, बिहीबार ०७:१७

हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ।

बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया ३ चिसापानीमा सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०६ ००१ ख ०२७० नम्बरको बस दुर्घटनामा परेको हो।

उक्त बसमा मकवानपुरका भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषकहरुको भ्रमण टोली रहेको जनाइएको छ।
बस सडकको घुम्तिमा अनियन्त्रित भई दुर्घटना भएको र घटनास्थलबाट २ दर्जन बढीलाई उद्धार गरी हेटौंडा पठाइएको जनाइएको छ ।दुर्घटनामा केहीको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुल्न बाँकी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु