यातायात कार्यालय हेटाैँडाकाे सेवा प्रवाहबारे मन्त्री महर्जनकाे चासाे

निरन्तर न्यूज
२६ चैत्र २०८१, बुधबार २०:४१

हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातयात मन्त्री प्रेम भक्त महर्जनले यातायात व्यवस्था कार्यालय हेटौँडाले दिने सेवा प्रभावका बारेमा आज बुधबार अनुगमन गरेका छन् ।

सेवा प्रभावबारे चासाे लिदै मन्त्री महर्जनले सेवाग्राहीको गुनासो एवं सुझावहरू समेत लिएका थिए । सेवाग्राहीले बैंकमा लाईन बसेर दस्तुर एवम् कर दाखिला गरिसके पछि रसिद काट्नका लागि पुनः लाइन बस्नु पर्ने झन्झटका बारेमा आएको गुनासोलाई सुधारेर जाने मन्त्री महर्जनले आश्वासन दिएका थिए ।

मन्त्री महर्जनले बागमती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ निर्माण गरिसकेकोले यातायात क्षेत्रको भुक्तानी प्रणाली विद्युतीय माध्यमबाट समेत हुने बताए । त्यसै गरी बागमती प्रदेश, श्रम, रोजगार तथा यातायात मन्त्रालयके वेभसाइड https://tmis.bagamati.gov.np बाट आफ्नो सवारीको विवरण आफूले नै अद्यावधिक गरी बिल बुक नवीकरणलगायतका सवारी कर तिर्न सकिने प्रष्ट पारे ।

स्मार्ट लाइसेन्स हालसम्म पनि नपाएको भन्ने सेवाग्राहीको जिज्ञासामा मन्त्री महर्जनले प्रदेश सरकारले नागरिक एप मार्फत् सवारी चालक अनुमती पत्र देखिने व्यवस्थाको कार्यान्वयन भएको बताए । उनले सवारी चालकले ट्राफिक नियम उलंघन गरेमा सोही एपको ड्राइभिङ्ग लाइसेन्स सूचना प्रणाली अन्तर्गतको क्यूआरबाट ट्राफिक प्रहरीले जरिवाना गरिरहेकोले झन्झट नहुने बताए ।

अब मन्त्रालयले आर कोड सहितको कार्ड समेत प्रिन्ट गरी वितरण गर्ने बताए । आगामी दिनमा बागमती प्रदेश सरकारले ड्राइभिङ् लाइसेन्स सम्बन्धी आवेदनलगायतका अन्य सेवाहरू राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी अनलाईन प्रणाली मार्फत सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको र यससँग सम्बन्धी कार्यविधि निर्माणको अन्तिम चरणमा पुगेको बताए ।

यसै क्रममा कार्यालय प्रमुख प्रविण श्रेष्ठले सेवाग्राहीको गुनासो एवं जिज्ञासा सान्दर्भिक रहेको र कार्यालयले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली लगायत अन्य प्रचलित कानुन अनुसार कार्य सम्पादन गर्नुपर्ने वाध्यता रहेको कारणले पनि सेवा प्रवाहमा समय लाग्ने बताए । प्रमुख श्रेष्ठले यस विषयमा सहज र सरल रुपमा सेवा प्रवाह गर्न कानुनको संशोधन गर्नु पर्ने भएमा संशोधन गर्दै घरबाटै सेवा पाउने गरी मन्त्रालयले तयार गरेको विभिन्न विद्युतीय भुक्तानी प्रणालीहरूलाई आम सेवाग्राहीमा सुसूचित गरिनेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

मन्त्रालयले लिएको लक्ष्य र उद्देश्य अनुसार भैरहेको सवारीसाधनको डिजिटलाईजेशन सम्बन्धी कार्यको प्रगतीबारे मन्त्रीले स्थलगत रूपमा जानकारी लिनु हौसलापूर्ण हुने विश्वास प्रमुख श्रेष्ठको छ ।

हालै ईम्बोस्ड नम्बर प्लेट जडानको कार्यको थालनीको लागि तयार गरिरहेको र वैशाख महिनाबाट उक्त कार्यका थालनी गरिने मुख श्रेष्ठले मन्त्री महर्जनलाई अवगत गराएका थिए । प्रयोग गर्दै आएको प्रयोगात्मक परिक्षाको परिक्षण स्थल समेतको अनुगमन तथा निरीक्षण गर्नु भएको थियो ।

सवारी साधनको डिजिटलाईजेशन सम्बन्धी कार्यको स्थलगत निरीक्षण तथा अनुगमन गर्दै मन्त्री महर्जन

 

कार्यालय प्रमुख श्रेष्ठकाे कार्यकक्षमा

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु