बार निर्वाचन मतगणना : रमनलाई दोब्बर मतले पछाडी पार्दै मिश्र
निरन्तर न्यूज
२५ चैत्र २०८१, मंगलवार १८:४४
काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी छ। पछिल्लो मत परिणाम सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले १,६७६ मत प्राप्त गरेका छन्।
हालसम्मको विवरणअनुसार मिश्रले १,६७६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले ८५६ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ७, आशिष पौडेलले ११ र उज्वल घिमिरेले ४ मत पाएका छन्। यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले १,७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले ६८८ मत ल्याएका छन्।