६ बर्षिया ग्रीष्मालाई बोन म्यारो ट्रान्सप्लान्टका लागि सहयोगको अपिल

कपिलवस्तु । कपिलवस्तुको तौलिहवाकी ६ बर्षिय बालिकाका लागि बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपिल गरेका छन् ।
हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभुमि नगरपालिका-३ टाँकु निवासी श्रीधर खनाल र रेखा अधिकारीकी ६ बर्षिय छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु परेको हो ।
जन्मेको ३ महिना देखि नै आफ्नो शरीरमा रगत नबन्दा अरुको रगतको सहारामा बाचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ ।
नेपालसहित भारतका बिभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरुले बोन म्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करिब ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । ५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकोले ग्रीष्माका आमा बुबाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन् ।
सहयोगको लागि यस फोन नम्बरमा सम्पर्क गर्न या निम्न बैंक खातामा रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।
सम्पर्क फोन : ९८४५१०८७२७ (श्रीधर खनाल), ९८४७२४४५३४ (रेखा अधिकारी)
रकम सहयोगको खाता विवरण :
रेखा अधिकारी
एभरेष्ट बैंक : ०३८००५१६२०१९८४ ( तौलिहवा शाखा)
श्रीधर खनाल
एभरेष्ट बैंक : ०३८००५१६२००६३८ ( तौलिहवा शाखा)