नेकपा एस मकवानपुरले बुझायाे ज्ञापन

निरन्तर न्यूज
२५ चैत्र २०८१, मंगलवार १५:१९

हेटाैडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी मकवानपुरले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

चैत १५ गते काठमाडौको तिनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक गतिविधिको बिरोध गर्दै देशभरीका नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदा मकवानपुर जिल्ला कमिटीले पनि बुझाएको हो ।

ज्ञापन पत्रमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा भएको तोडफोड, पत्रकारलाई जिउँदै जलाएर गरिएको हत्या, आम नागरिकको गोली हानी हत्या, ब्यापारिक भवनहरुमा, नागरिकको घरमा आगजनी र तोडफोड र चोरी लगायतको गतिविधिको पार्टीले निन्दा गरेको छ भने भएको क्षतिको उचित क्षतिपूर्तिको समेत माग गरेको छ ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष विष्णु दाहालले बुझाउनु भएको ज्ञापन पत्र बुझ्दै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले तुरुन्त प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाइदिने प्रतिबद्दता ब्यक्त गर्नुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाजवादी नेत्री मुनु सिग्देल, हेटाैडा उपमहानगरकी मेयर मिनाकुमारी लामालगायत केन्द्रिय, प्रदेश र जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु