बार निर्वाचनः मतान्तर बढाउँदै मिश्र, रमनकाे गृहजिल्लामै कम मत

निरन्तर न्यूज
२५ चैत्र २०८१, मंगलवार १४:५५

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार कांग्रेस–एमाले गठबन्धनका अध्यक्ष उम्मेदवार डा. विजय मिश्र र महासचिवमा उनकै प्यानलका केदार प्रसाद कोइरालाले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

मिश्रले ८६९ मत पाएका छन् । पर्साबाट ६६, हेटौंडाबाट ४१ र बागलुङबाट ५५ मत मिश्रको पक्षमा परेको छ ।

उनलाई पछ्याइरहेका माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले ५२९ मत पाएका छन् । उनले पर्साबाट ४४, हेटौंडाबाट २६ र बागलुङबाट २५ मत पाएका छन् । श्रेष्ठको गृहजिल्ला बागलुङबाटै उनको पक्षमा कम मत देखिएको छ ।

अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् ।

महासचिव पदमा मिश्र प्यानलका केदार प्रसाद कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु