प्रिती राईसहित २१ जना खेलाडी सशस्त्र प्रहरीमा भर्ती

निरन्तर न्यूज
२५ चैत्र २०८१, मंगलवार ०७:२४

काठमाडौं । १० जना महिला फूटबल खेलाडीसहित २१ जना खेलाडि सशस्त्र प्रहरी बलमा भर्ती भएका छन् ।

राष्ट्रिय महिला फुटबल टोलीका स्टार प्रिती राई, सविता रानामगर र रश्मीकुमारी घिसिङसँगै विभिन्न खेलका २१ जना राष्ट्रिय खेलाडी सशस्त्र प्रहरी बलमा भर्ति भएका हुन् । उनीहरु यसअघि सबै करारमा थिए ।

प्रिती, रश्मी र सवितासँगै मेनुका कुमारी आलेमगर, सरस्वती हमाल, सजनी ठोकर, मनमाया दमै, सावित्री किसन र शारदा श्रेष्ठ टोलीमा रहेका छन् । पुरुष फुटबलतर्फ समिराज ठोकर भर्ती भएका छन् । उनले यसअघि जावलाखेलबाट ए डिभिजन खेलेका थिए ।

भलिबल खेलाडीद्वय रोमा महतो र सरोज वर्देवा, उसुका प्रेम कुमारी आले, अन्जली लुङ्गेली, तेक्वान्दोतर्फ सन्जना घर्तीमगर र अन्जली कुमारी साउद छन्।

करातेका सञ्जु देसार, महिला क्रिकेटकी रेवती धामी, कबड्डीकी कलावती बिष्ट र एथलेटिक्सकी आड्मा बिक पनि भर्ती भएका छन्

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु