दुर्गा प्रसाईका दाइ राकेश पक्राउ

काठमाडौं । राजसंस्था पुनर्स्थापना जनआन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईका दाजु राकेश पक्राउ परेका छन्। पेरिसडाँडास्थित राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएएपछि सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।
आइतवार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताएका छन् । राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन् ।
‘राकेश पनि दुर्गा प्रसाई जस्तै अन्टसन्ट बोलेर सामाजिक सञ्जालतिर भाइरल व्यक्ति हुन् । उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो । मुद्दा चल्ने खालका आधार नभएकाले सम्भवतः उनलाई सोधपुछपछि छाडिन्छ होला’, प्रहरी स्रोतले भन्यो । दुर्गा प्रसाईका जेठ दाइ लक्ष्मी, माइला राकेश हुन् भने दुर्गा साइला हुन् । अर्की आमातिरका भाइ नरेन्द्र प्रसाई अष्ट्रेलिया बस्छन् ।