बार निर्वाचनकाे मतगणना : अध्यक्षमा मिश्रको शुरूवाती अग्रता, पछ्याउँदै रमन

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणना जारी छ। २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ५७ जना चुनावी मैदानमा छन् । २७औं केन्द्रीय कार्यसमितिको नेतृत्वका लागि सत्ता समीकरणका उम्मेदवार विजयप्रसाद मिश्र र विपक्षीका रमणकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लाे जानकारी अनुसार विजय मिश्रकाे ३२२१ र रमण श्रेष्ठले २२२ मत प्राप्त गरेका छन् । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । कार्यसमिति चयन गर्न ९ हजार ९९७ मतदाता रहेकामा ७९९५ मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो।