रहेनन् अग्रज पत्रकार रिसाल

हेटौंडा । अग्रज पत्रकार भैरव रिसालको निधन भएको छ ।
उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो ।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो ।
रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।
लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।