सोनु निगमको आध्यात्मिक नेपाली गीत सार्वजनिक

निरन्तर न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार ११:११

काठमाडाैँ – चर्चित भारतीय गायक सोनु निगमले गाएको आध्यात्मिक गीतको नेपाली कभर सार्वजनिक भएको छ । पश्चिमका गायक तथा संगीतकार रबिन स्वाँर काजीको स्वरमा सोनुको भजन शैलीको शंकरा बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

नेपालमै छायाङ्कन भएको सो गीतको शब्द पनि नेपाली मुलकै वसन्त चौधरीले लेखेका हुन् । सुरिलो स्वरमा रहेको संगीत भने भारतीय संगीतकार श्रेयस पुर्निकले निर्माण गरेका हुन् ।

कभर गीतका अभियन्ताका रूपमा चिनिने रबिनको स्वरमा रहेको कभरको संगीत भने पुस्कर खत्रीले गरेका हुन् । त्यसै गरी कभरमा रहेको बासुरीमा भने सञ्जिव मैनालीले कला प्रस्तुत गरेका छन् ।

रियाज स्टुडियोमा रेकर्ड भएको गीतलाई विवेक कार्कीले छायाङ्कन गर्दा सम्पादन र निर्देशन भने गायक स्वयंले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*