तीनकुने घट्नाः एनी कुँवर पक्राउ

निरन्तर न्यूज
२४ चैत्र २०८१, सोमबार १८:११

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ ।

यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीलाई उधृत गर्दै राससले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

“पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ”,

पत्रकार सुरेश रजक जलेको घरको भिडियोमा उनी देखिएकी थिइन् । उक्त घरमा आगजनी भएपछि मोडल तथा अभिनेत्री समेत रहेकी कुँवरले फेसबूकमा लाइभ गरेर ‘बचाउन आउनु होला’ भनेर आग्रह गरेकी थिइन् ।

रजकले भिडियो खिचिरहेको बेला कुँवर ताला लगाएको रेलिङ बाहिर भिडियोमा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु