घाँस काट्न गएका एक युवक माथि गोली प्रहार

सुनसरी । सुनसरीमा अज्ञात समूहले एक युवकमाथि गोली प्रहार गरेको छ ।
जिल्लाको बराहक्षेत्र-१ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि शनिबार दिउँसो गोली प्रहार भएको हो । प्रहरीका अनुसार घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेको छ ।
उनी सिकिस्त अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन् ।एकान्त जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।