हेटौँडाको रानी वन समूहमा निर्वाचन जारी

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
बिहान ८ बजे बाट सुरु भएको मतदान अपरान्ह ३ बजेसम्मलाई तोकिएको निर्वाचन संयोजक अर्जुन प्रसाद चौलागाईंले बताएका छन्।
नगरमा प्रतिष्ठित चिनारी पाएको रानी वनको १ हजार ६ सय बढी मतदाताले मतदान गर्ने जनाइएको छ।
मतदान कार्य सक्किएपछि आजै साँझबाट मतगणना हुने संयोजक चौलागाईले बताएका छन्। नयाँ नेतृत्व चयनका लागि नानिमाया रुम्बा र केशब प्रसाद धितालको प्यानल चुनावी मैदानमा रहेका छन्।