यति एयरकाे बिमानबाट रविलाई भैरहवा लगियो

निरन्तर न्यूज
२२ चैत्र २०८१, शनिबार ११:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।

शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । तर उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु