पूर्वडिआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउने आदेश गरेको छ ।न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै छविलाई थुनामा पठाउने आदेश गरेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले पनि छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो । आजै उच्च अदालतले रवि लामिछानेलाई पनि थुनामा पठाउने आदेश गरेको छ ।