जाजरकोटमा दुईपटक भूकम्पको धक्का महसुस
निरन्तर न्यूज
२१ चैत्र २०८१, शुक्रबार २१:३९

काठमाडौं । जाजरकोटमा शुक्रबार साँझ लगातार दुई वटा भूकम्प गएका छन्। तीन मिनेटको अन्तरमा दुई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्प तीन मिनेटपछि साँझ ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको गएको थियो ।
भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।