हेटौडामा खैरो हिरोइन र ओनरेक्स सहित ३ जना पक्राउ

निरन्तर न्यूज
२१ चैत्र २०८१, शुक्रबार २०:२९

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको प्रहरी टोलिले लागुऔषधसहित हेटौंडा तीन जना युवालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका वडा नं ७ घर भई नेपालचोक स्थित डेरा गरी बस्ने वर्ष ३४ को दिनेश गोले सोहि स्थान बस्ने वर्ष २८ को निरोज लामा र वर्ष ३३ को महमद मियाँ रहेका छन् । उनीहरुलाई बिशेषा सूचनाको आधारमा खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई राखिएको अवस्थामा २ ग्राम ५० मिलि ग्राम लागूऔषध खैरो हेरोईन र ११ बोतल लागूऔषध ओनेरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए।

प्रहरीले उनीहरुलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध खैरो हेरोईनसमेत मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रवक्ता अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु