मकवानपुरमा जंगली जनावरकाे त्रास बढ्दाे

हेटौंडा । मकवानपुरमा पछिल्लाे समयमा जंगली जनावरले मान्छेकाे ज्यान लिन थालेकाे छ ।
मकवानपुरगढी क्षेत्रमा चितुवा र बाघ देखापरेपछि स्थानीयवासी त्रसित बनेका छन्। डिभिजन वन कार्यालय मकवानपुरले केही दिनदेखि सतर्क रहन आग्रह गरिरहेको अवस्थामा पछिल्लो घटनाले स्थानीय त्रसित बनेको हो ।
बिहीबार साँझ मकवानपुरगढी-३ का स्थानीय विशाल लुङ्वा चितुवाको आक्रमणबाट बचेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू मोटरसाइकलमा घर फर्कने क्रममा मकवानपुरगढी-३, कालीखोलामा चितुवाको आक्रमणमा परेको बताएका छन्। मोटरसाइकलसँग ठोक्किएपछि चितुवा जंगलतर्फ भागेपछि उनी जोगिन सफल भएका थिए।
यसअघि, बुधबार मकवानपुरगढी-६ मा बाघले स्थानीयको बाख्रा मारेको घटना सार्वजनिक भएको थियो। जंगली वन्यजन्तुको बढ्दो चहलपहलले स्थानीयवासीलाई त्रासमा राखेको छ भने डिभिजन वन कार्यालय मकवानपुरले जनतालाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मकवानपुरगढिकाे वडा ३ मा देखिएकाे चितुवा ४ र ६ नम्बर वडामा समेत पुगेकाेले हामीले स्थानीयलाई सचेत गराएका छाेँ ३ नम्बर वडाका अध्यक्ष भागवत घिमिरले भने, ‘इलाका वनसँग समन्वय गरेर चितुवा आवत जावत गर्ने सम्भावित स्थानमा सिसि क्यामरा राखेर निगरानी गरिरहेका छाैँ ।’ पालिकाकाे छ नम्बर माेरङ्गे क्षेत्रमा आएकाे चितुवाले स्थानीय राम प्रसाद दाहालकाे गाेठबाट बाच्छाे तानेकाे, ४ नम्बरमा गाइकाे बाच्छाे खाएकाे, ६ नम्बरमा कुकुर घाइते बनाएकाे घटना बारे हामीले सतर्क गराउन माइकिङ समेत गर्ने तयारीमा रहेकाे अध्यक्ष घिमिरेले बताए । त्यसैगरी चितुवाले छ नम्बर वडा जनएकता टाेलका नकुल सापकाेटाकाे खाेरबाटै एउटा बाख्रा ६ सय मिटर टाढा जंगलमा लगि मारेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
डिभिजन वन कार्यालय हेटाैँडाका प्रमुख राकेश प्रसाद चन्द्रबंशीका अनुसार पछिल्लाे समयमा बाघ हात्ती र गैँडाकाे समस्या छैन चितुवाकाे मा१ समस्या हाे, हामीले चितुवा हिड्ने बाटाेमा पासाे थापेका छाैँ त्यसलाई हामी समाउँछाैँ । प्रमुख चन्द्रबंशीका अनुसार चितुवाकाे गतिविधि बढिरहेकोले स्थानीयलाई सतर्क रहन आग्रह सुझाएकाे बताए । राति यात्रा गर्दा सावधानी अपनाउन, एक्लै जंगल क्षेत्रतर्फ नजान, पशुचौपाया सुरक्षित राख्नु र कुनै असामान्य गतिविधि देखिएमा तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन भनेको छ।
मंसीर महिनामा मकवानपुरको मनहरी गाउँपालिका ६ मा बाघको आक्रमणबाट राप्ती नगरपालिका १ दुवीचौर चितवनका ४३ वर्षीय हरि पौडेल रहेका छन।
त्यसैगरि पुष महिनामा मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गर्दा ज्यान गएकाे थियाे । सोही बाघले ६ वटा बाख्रा समेत मारेको थियाे ।
त्यसैगरि २०८१ पुष महिनामा पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर खोला नजिक रहेको लामेदार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी थिइन् ।
गत भदाैमा मकवानपुरको मनहरीमा भैँसीले आक्रमण गर्दा बाघको ज्यान गएकाे थियाे । मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा बाधेको भैंसीलाई आक्रमण गर्न पुगेको बाघलाई भैसीले आक्रमण गर्दा ज्यान गएको थियाे ।
यसरी २०७९ फागुनमा मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको थियाे । साेही समयमा जगली हात्तीले आक्रमणबाट मनहरी गाउँपालिका- वडा नम्बर -४ की ६४ वर्षीया राधा अधिकारीको ज्यान लिएकाे थियाे ।
२०८० फागुनमा उत्तरी मकवानपुरकाे थाहा नगरपालिका वडा नम्वर २ अंगारेटोलस्थित स्थानीय ६६ वर्षीय हेमन्त प्रसाद ढाकाल र उनको श्रीमती ६० वर्षीया साबित्री ढकाल चितुवाको आक्रमणबाट घाइते भएका थिए ।
केही समग अगाडी हेटौंडा १३ मा एउटा माउ र २ वटा बच्चा गरी ३ वटा चितुवा देखा परेको थियाे ।