संघीय लोकतान्त्रिक मोर्चाको घाेषणा

निरन्तर न्यूज
२० चैत्र २०८१, बिहीबार १७:२१

काठमाडौँ । तराइ मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गरेका छन् ।

आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराइ मधेस केन्द्रित दल रहेका छन् ।

मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको बुझिएको छ । २६ वटा बुँदामा सहमति जनाएका उनीहरूले मस्यौदामा हस्ताक्षरसमेत गरेका छन् ।

यसअघि ८ दलको मधेसी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएन ।

जसअनुसार संसद भित्र प्रतिनिधित्व गर्ने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

साथै, संसद भन्दा बाहिर रहेका दलहरू मध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु