तीनकुने घटना : मृतकका परिवारलाई सरकारले १० लाख राहत दिने

निरन्तर न्यूज
२० चैत्र २०८१, बिहीबार ०८:५८

काठमाडौं । तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ राहत दिने भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

तीनकुनेमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनी भएको घरमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए । महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु