पत्रकार सुरेश रजकको अन्त्येष्टि

काठमाडौं । तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा जलेर मृत्यु भएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ठल्कोस्थित इन्द्रायणीमा अन्त्येष्टि गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै बुधबार ढल्कोमा अन्तिम दाहसंस्कार गरिएको हो ।
अन्त्येष्टिमा परिवारका सदस्यसँगै उनका शुभचिन्तक, पत्रकारहरू पुगेका थिए । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर उनलाई गोली नलागेको पहिचान भएसँगै बुधबार पोस्टमार्टम गरिएको थियो ।
त्यसअघि एभिन्युज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल पत्रकार महासङ्घको टोलीलगायत पत्रकारहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पत्रकार रजक एभिन्युजका वरिष्ठ फोटो पत्रकार थिए । उनको यही चैत १५ गते तीनकुनेमा राजावादी समर्थक प्रदर्शनकारीले एक स्थानीयका घरमा आगजनी गरेका थिए ।
सोही क्रममा टेलिभिजनका लागि दृश्य खिचिरहेकै अवस्थामा रजकको जिउँदै जलेर निधन भएको थियो ।