मकवानपुरमा सुमो दुर्घटना, १० जना घाइते

निरन्तर न्यूज
१९ चैत्र २०८१, बुधबार २१:०९

हेटौंडा । रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका-२ बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको  सुमो ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो ।

दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा १ जना घाइतेको अवस्था मध्यम, ५ जना घाइतेको अवस्था सामान्य रहेको डिएसपी अर्यालले बताए ।

उपचारका लागि काठमाडौं पठाइएका घाइतेहरूको पहिचान हुन बाँकी रहेको उनले जनाए । जिप चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु