हेटौडामा टोल विकासको निर्वाचन प्रकृयाबारे अनुशिक्षण

निरन्तर न्यूज
१९ चैत्र २०८१, बुधबार ०९:४८

हेटौंडा । टोल विकास संस्था नगर समन्वय समितीको आयोजनामा निर्वाचन प्रकृया सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

टोल विकास संस्था नगर समन्वय समितीका पदाधिकारी, सदस्यहरु एवम् वडा समन्वय समितीका संयोजकहरुको लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, कानुन शाखा अधिकृत लक्ष्मण मैनाली, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष सति न्यौपाने, शान्ति श्रेष्ठ, महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सचिबहरु चन्द्रावती पनेरु र पुन्यबती घिमिरे लगायतका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई कानुन अधिकृत लक्ष्मण मैनाली, नगर समन्वय समितीका महासचिव शिवहरि दाहाल, उपमहासचिब देबकुमार श्रेष्ठ सदस्य तथा अधिवक्ता केशब अर्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सबै वडा समन्वय समितीका गरि ४५ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु